• २०८३ जेष्ठ ४ गते सोमवार

लगालग विकेट गुमेपछि काठमाडौंविरुद्ध चितवनको ब्याटिङ दबाबमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १२, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाडौं गोर्खाजले चितवन राइनोजको लगालग विकेट लिएपछि ब्याटिङ धर्मराएको छ । खेल ६ ओभरको पाँचौँ बलमा पुग्दा चितवनले ४ विकेट गुमाएको छ भने ३२ रनको दयनीय अवस्थामा छ ।

चितवनका सुरुवाती क्रममा सबै ब्याटर सस्तैमा आउट भएका हुन् । २० रन जोडेर देव खनाल शाहब अलामको बलममा गेरहार्ड इरास्मसमार्फत् क्याच आउट भएका हुन् । ओपनर दीपक बोहोर पहिलो विकेटका रुपमा शून्यमै आउट भए । डेविड मलानले ७ र सैफ जैबले १ रन जोडे । पहिलो ओभरदेखि नै धर्मराएको चितवनको ब्याटिङले लय समातेको छैन ।

बलिङमा काठमाडौंका मलिन्द कुमारले २ विकेट लिएका छन् । उनले ओपनर डविड मलान र सैफ जैबलाई आउट गराए ।

१४३ रनको लक्ष्य पछ्याउँदै चितवन जवाफी ब्याटिङ गरेको छ । चितवनका दुई भरपर्दा ब्याटर कप्तान कुशल मल्ल र रवि बोपारा बाँकी नै छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस