• २०८३ जेष्ठ २८ गते बिहिवार

ब्यवसायीहरुलाई गुणस्तर किसिमको माछा मासु विक्रि वितरण गर्न सुनवल नगर प्रमुखको आग्रह

पढ्न लाग्ने समय : २ मिनेट
  • विमल भट्टराई /ईन्दिरा विश्वकर्मा,सुनवल

कार्तिक ९, नवलपरासी । सुनवल नगरपालिकाले हाट बजारमा खुल्ला रुपमा विक्रि वितरणको लागीे राखिने माछा ,मासुमा प्रतिबन्द लगाएको भएतापनि अब्यवस्थित रुपमा मासु पसलहरु सञ्चालन भईरहेको सुनवल नगरपालिका प्रमुख भिम बहादुर थापाक्षेत्रीले बताउनुभएको छ ।

अब्यवस्थित तरिकाले सञ्चालन भएका मासु पसल ब्यवसायीहरुलाई गुणस्तर किसिमको माछा मासु विक्रि वितरण गर्न आग्रह गर्दै उहाँले स्वस्थ माछा, मासको लागी चनाखो भएमा उपभोक्ता ठगिनु नपर्ने बताउनुभएको छ । उपभोक्ताले बजारमा कुनै पनि वस्तु खरिद गर्दा गुणस्तर छ कि छैन भनेर सचेत रहन आवश्यक रहेको उहाँले बताउनुभयो ।

चाड पर्वलाई लक्षित गरेर सुनवल नगरपालिकाले अनुगमनलाई कडा बनाएको छ । नगरपालिका प्रमुख थापाक्षेत्रीका अनुसार नगर भित्रका धेरै मासु पसलहरु दर्ता प्रक्रियामा नगई अब्यवस्थित तरिकाले सञ्चालन भईरहेका छन् ।

ज्ञानको कमिका कारण दर्ता प्रक्रियामा जादाँ पसल चल्दैन कि भन्ने मानसिकताले अब्यवस्थित रुपमा सञ्चालन भईरहेको मासु पसलहरुलाई अभियान कै रुपमा घरदैलै गरेर दर्ता प्रक्रियामा लैजाने उहाँबताउनुभयो । “हिजोका दिनहरुमा जसरी पसल सञ्चालन गरिएका थिए ,अब यस्तो नभई यो अभियानलाई प्रत्येक दिन हामी कडाईका साथ लैजान्छौ ।” उहाँले भन्नुभयो “सुनवल नगरपालिका माछा ,मासुमा आत्मनिर्भर हुन सकिरहेको छैन ।”

अबको ३ बर्ष भित्रमा स्वस्थ माछामासु संगै माछा मासुमा पनि सुनवल नगरपालिका आत्मनिर्भर हुनु पर्छ भन्ने उद्देश्यले माछा उत्पादन , भुरा उत्पादन , दानापानि र कुखुरा, बाख्रा पालनलाइ प्रोत्साहन गरेर योजना अगाडि बढा्एको थापाक्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो “म भन्छु , युवा ब्यवसायमा लाग्नुस् , बजारको ब्यवस्था हामी गर्छौ, सुनवल नगरपालिकालाई अब छिटै हामी माछा,मासु,दुध,अण्डामा आत्मनिर्भर गराउदैछौ ।”

यस्तै पशु स्वास्थ्य प्राविधिक विमल ढकालले माछा मासुमा सुनवल नगरलाई आत्मनिर्भर बनाउने सुनवल नगरपालिकाको लक्ष्यमा आफु प्रतिबद्ध रहेको बताउदै उहाँले नगरबासीहरुले स्वस्थ र अस्वस्थ माछा मासु छुटुयाउन जरुरी रहेको बताउनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस