• २०८३ बैशाख १८ गते शुक्रवार

सडक बनाउन स्थानीयको दश लाख सहयोग

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११, काठमाडौं ।  आफ्ना घरआँगनलाई सडक सञ्जालसँग जोड्न काठमाडौँमा रहेका म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जावासीले रु १० लाख सहयोग गरेका छन् ।
गुर्जा समाजका अध्यक्ष लीलमाया छन्त्यालका अनुसार देउसीभैलो र सांस्कृतिक कार्यक्रमबाट सङ्कलन भएको रु रु १० लाख धौलागिरि गाउँपालिकला–२ लुलाङदेखि देउराली हुँदै गुर्जाको भैँसीमाने खोल्सासम्म पुगेको सडकलाई विस्तार गरी गुर्जा गाउँसम्म पु¥याउन पालिकालाई प्रदान गरिएको हो । यसअघि गुर्जाको ख्याली नाच समूहले रु एक लाख र हिमाली आमा समूहले रु दुई लाख सहयोग गरेका थिए ।

गुर्जामा सडक पु¥याउन सङ्घ सरकारले रु एक करोड ४० लाख, गाउँपालिकाले रु ३५ लाख, सहरी विकास मन्त्रालयबाट रु तीन करोड र गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बजेट विनियोजन भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस