• २०८३ असार १६ गते मङ्गलवार

च्याम्पियन्स लिगमा आर्सनल अपराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ११, काठमाडौं ।   युइएफए च्याम्पियन्स लिग अन्तर्गत आर्सनलले बायर्न म्युनिखलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले बायर्न म्युनिखलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा जुरियन टिम्बर, नोनी माडूएके र गाब्रियल मार्टिनेलीले एक एक गोल गरेका थिए । त्यस्तै बायर्न म्युनिखका लागि लेनार्ट कार्लले एक गोल गरेका थिए । यो जितपछि आर्सनल यस सिजनमा अपराजित रहदै ५ खेलमा १५ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै बायर्न म्युनिखको ५ खेलमा १२ अंक रहेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस