• २०८३ जेष्ठ १७ गते आइतवार

नवलपरासीमा छोराको कुटपिटबाट बुबाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, नवलपरासी । नवलपरासीको हुप्सेकोट गाउँपालिका–१ जुगेपानीमा छोराले कुटेपछि एक पुरुषको मृत्यु भएको छ । ६० वर्षीय रामबहादुर विकलाई उनका ३० वर्षीय छोरा सन्तकुमार विकले निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार घरायसी विवादका क्रममा गए राति छोराले बाबु रामबहादुरलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका विकको उपचारका क्रममा मध्य विन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको पुष्टि गरिएको छ ।

घटनापछि आरोपी सन्तकुमारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस