• २०८३ बैशाख ९ गते बुधवार

लिभरकुसेनसँग म्यानचेस्टर सिटी पराजित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १०, काठमाडौं ।  युइएफए च्याम्पियन्स लिग अन्तर्गत जर्मनी क्लब बायर लिभरकुसेनसँग प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी पराजित भएको छ । गएराती म्यानचेस्टर सिटी आफ्नै इथियाड स्टेडियममा बायर लिभरकुसेनले २-० गोल अन्तरले पराजित भएको हो ।

बायर लिभरकुसेनको जितमा अलेजान्द्रो ग्रिमाल्डो र प्याट्रिक शिकले एक एक गोल गरेका थिए ।

यो जितपछि बायर लिभरकुसेनको ५ खेलमा ८ अंक भएको छ र हाल १३औं स्थानमा रहेको छ भने म्यानचेस्टर सिटीको ५ खेलमा १० अंक रहेको छ र अंक तालिकामा छैटौं स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस