• २०८३ जेष्ठ ६ गते बुधवार

भोजपुर कारागारका कैदीबन्दीलार्ई ‘स्मार्ट कार्ड’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट
मंसिर ८, भोजपुर । भोजपुरको जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीलार्ई राष्ट्रिय परिचयपत्रको ‘स्मार्ट कार्ड’ वितरण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको टोलीले कारागारमा रहेका २२ पुरुष र दुई जना महिला गरी २४ जना कैदीबन्दीलाई कार्ड प्रदान गरेको हो ।  कारागार प्रमुख केशव खनालले ‘स्मार्ट कार्ड’ले कैदीबन्दीलार्ई नागरिक सेवामा पहुँच बढाउने र अभिलेखमा उनीहरूको पहिचान सुनिश्चित भई प्रशासनिक काममा समेत सहज हुने बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस