• २०८३ बैशाख २८ गते सोमवार

दमकमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २१ घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : ३ मिनेट

कार्तिक १२ , झापा। झापाको दमकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। दमक नगरपालिका-२ पाङ्गिनी चोकस्थित भित्री सडक खण्डमा गएराति बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

राति १२ बजेतिर दमकबाट मोरङको टाँडीतर्फ जाँदै गरेको बा. २ ख १९८३ नम्बरको बस अनियन्त्रित भई सडकको नालीमा पल्टिँदा दुर्घटना भएको हो। बसमा करिब ३५ जना सवार रहेका प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मोरङ मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय भिम बहादुर मगरको उपचारका क्रममा मृत्यु भएको झापा प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका अधिकांशको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनापछि बस चालक मोरङ मिक्लाजुङ-३ का ३९ वर्षीय भक्त बहादुर दर्जी पक्राउ परेका छन्। खरखरे अस्पतालमा उपचार गराइरहेका घाइतेमध्ये २० जना उपचारपछि आज बिहान डिस्चार्ज भएका छन् भने १७ वर्षीय सपना श्रेष्ठको अहिले पनि उपचार जारी छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

यी हुन् मृतक र घाइते
१.जि. मोरङ मिक्लाजुङ गा.पा.३ बस्ने बर्ष ३६ को भिम बहादुर मगर उपचारको क्रममा ऐ.१२ गते ००:२८ बजे डक्टरले मृत घोषणा गरेको लास तत्काल सोही अस्पतालमा रहेको।
२. ऐ.ऐ.बस्ने बर्ष ४१ कि सिता मगर- बहिरि चोट नदेखिएको, अबस्था सामान्य।
३. निजकै छोरा बर्ष १३ को योगेश मगर- छातीमा चोट, अबस्था सामान्य।
४. ऐ.ऐ. बस्ने गोबिन्द श्रेष्ठको छोरा बर्ष १४ को विपिन श्रेष्ठ- अनुहारमा चोट अबस्था सामान्य।
५. ऐ.ऐ. बस्ने बर्ष १७ कि सपना श्रेष्ठ- पेटमा चोट अबस्था सामान्य।
६. ऐ.ऐ. बस्ने बर्ष ३२ कि नन्दमाया मगर- ढाडमा चोट अबस्था सामान्य।
७. ऐ.ऐ. बस्ने बर्ष १८ को आशिन लिम्बु- टाउकोमा चोट अबस्था सामान्य।
८. ऐ.ऐ. बस्ने बर्ष ५५ कि राम कुमारी मगर- छातीमा चोट अबस्था सामान्य।
९. ऐ.ऐ. बस्ने बर्ष ४५ कि सिता मगर- छाती र पेटमा चोट अबस्था सामान्य।
१०. ऐ.ऐ. बस्ने सुरेश दर्जीको छोरी बर्ष १४ कि रोनिशा दर्जी- छातीमा चोट आतिएर बेहोस भएकी अबस्था सामान्य।
११. ऐ.ऐ. बस्ने बर्ष ५७ को टंक बहादुर गुरुङ टाउकोमा चोट अबस्था सामान्य।
१२. ऐ.ऐ. बस्ने डम्बर श्रेष्ठको छोरा बर्ष ९ को साजन श्रेष्ठ- बाँया हातमा चोट अबस्था सामान्य।
१३. ऐ.ऐ. बस्ने बर्ष २८ कि बिष्णु कुमारी लिम्बु बाँया हातमा चोट अबस्था सामान्य।
१४. ऐ.ऐ. बस्ने कृष्ण भुजेलको छोरा बर्ष १५ को निकेश भुजेल, दाहिने खुट्टामा चो अबस्था सामान्य।
१५. ऐ.ऐ. बस्ने निर्मल राईको छोरा बर्ष १४ को शिसिर राई, दाहिने हात र टउकोमा चोट अबस्था सामान्य।
१६. ऐ.ऐ. बस्ने बर्ष ४७ को प्रेम रसाईली, दाहिने हातमा चोट अबस्था सामान्य।
१७. निजकै श्रीमती बर्ष ४५ कि रुपा रसाईली, ढाडमा चोट अबस्था सामान्य।
१८. निजकै छोरा बर्ष ८ को सन्दिप रसाईली, बाँया हातमा चोट अबस्था सामान्य।
१९. ऐ. ६ बस्ने भवानी श्रेष्ठको छोरा बर्ष १६ को राजन श्रेष्ठ, टाउकोमा चोट अबस्था सामान्य।
२०. ऐ.ऐ. बस्ने फुलमाया जोगीको छोरी बर्ष १५ कि एन्जिला जोगी,पेटमा चोट अबस्था सामान्य।
२१. ऐ.ऐ. बस्ने बर्ष २२ कि पुनम मगर, बाँया हातमा चोट अबस्था सामान्य।

Sharing

प्रतिक्रिया दिनुहोस