• २०८३ बैशाख १६ गते बुधवार

भारतले जित्यो महिला टी-२० विश्वकप क्रिकेट फर द ब्लाइन्डको उपाधि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ७, काठमाडौं ।  कोलम्बोमा भएको पहिलो महिला टी-२० विश्वकप क्रिकेट फर द ब्लाइन्ड २०२५ को उपाधि भारतले जितेको छ ।फाइनलमा भारतले नेपाललाई सात विकेटले पराजित गर्दै उपाधि जितेको हो ।

पहिले ब्याटिङ गर्दै नेपालले २० ओभरमा पाँच विकेट गुमाएर ११४ रन बनाएको थियो । नेपालका लागि सरिता घिमिरेले सर्वाधिक ३५ रन (अवरोधित) र बिमला राईले २६ रन बनाएकी थिइन्।

भारतीय टोलीले १२.१ ओभरमा तीन विकेट गुमाएर यो लक्ष्य हासिल गरेको थियो ।

भारतका लागि करुणा के ले २७ बलमा सर्वाधिक ४२ रन बनाइन् भने फुला सरीनले २७ बलमा अविजित ४४ रन बनाइन्, जसमा चार चौका पनि समावेश छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस