• २०८३ जेष्ठ २९ गते शुक्रवार

सिमरा आजपनि अशान्त, युवाहरुको प्रदर्शन जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ४,बारा । बाराको सिमरा आजपनि अशान्त देखिएको छ । नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवा बीच बुधबार भएको झडपका कारण अशान्त बनेको सिमरामा विहिबार युवाहरु निस्किएका छन् ।

बुधबार जेनजी युवाहरुमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको भन्दै उनीहरुले कारवाहीको माग गर्दै विहिबार पनि प्रदर्शन जारी राखेका हुन् ।प्रहरी प्रशासन र युवाहरुबीच बुधबार बेलुका भएको सहमति पश्चात सडक सञ्चालमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बन्दै गएको छ ।

बुधबार एमाले नेता महासह्चिव शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न भन्दै जेनजी युवाहरुले सिमरा विमानस्थल बाहिर अवरोध गरेपछि दुइपक्षीय भिडन्त भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस