• २०८३ जेष्ठ ३१ गते आइतवार

  एसियाली डजबल च्याम्पियनसिपमा नेपालले भाग लिदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, काठमाडौं । नेपालले एसियाली डजबल च्याम्पियनसिपमा भाग लिने भएको छ ।

मलेसियामा मंसिर ४ देखि ७ गतेसम्म हुने एसियाली डजबल च्याम्पियनसिपमा नेपालबाट १२ खेलाडीसहित १८ सदस्यीय टोली सहभागी हुने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीसहितको टोलीलाई शुभकामना दिदै बिदाई गरेका छन् । कार्यक्रममा राखेप कार्यकारी समितिकी सदस्य रञ्जना प्रधान र प्रशासन विभागका विभागीय प्रमुख भोजानन्द राई पनि उपस्थित थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस