• २०८३ मङ्सिर ५ गते शुक्रवार

प्रधानमन्त्री कार्कीबाट एनपीएलको दोस्रो संस्करणको उद्घाटन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मङ्सिर १, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण उद्घाटन गरेकी छन् ।

सोमबार त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा उनले लिग सुरु भएको घोषणा गरेपछि उद्घाटन खेलमा काठमाडौँ गोर्खाज् र जनकपुर बोल्टसबीचको खेल शुरु भएको थियो । प्रधानमन्त्री कार्कीले केहीबेर उद्घाटन खेलको अवलोकन पनि गरेकी थिइन् ।

उद्घाटन खेलमा जनकपुरले टस हारेर पहिला ब्याटिंग गर्दै काठमाडौँ गोर्खाजलाई १३१ रनको लक्ष्य दिएको छ । प्रतियोगिता मङ्सिर २७ गतेसम्म चल्दैछ ।

Sharing

प्रतिक्रिया दिनुहोस