• २०८३ जेष्ठ १८ गते सोमवार

जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तुबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २८, काठमाडौं । कपिलवस्तु । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कपिलवस्तुको बुद्धभुमी नगरपालिका-७ बिशमपुरास्थित सरस्वती इटा उद्योगमा काम गर्ने भारत उत्तर प्रदेश देवरिया गिडा पोष्ट घर भएका २२ वर्षीय राकेश निसादलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

राकेशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय गोरूसिंगेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ

Sharing

प्रतिक्रिया दिनुहोस