• २०८३ बैशाख २३ गते बुधवार

बाजुराको बुढिगंगा नगरपालिकाको प्रशासकीय अधिकृतमा भट्टलाई खटाइयो

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

वैशाख २३, बाजुरा । करिब पाँच महिना देखि प्रशासकीय अधिकृत विहीन बनेको बाजुराको बुढीगंगा नगरपालिकामा सरकारले प्रमुख प्रशासकीय अधिकृतमा शाखा अधिकृत तारादत्त भट्टलाई खटाएको छ ।

नगर प्रमुख राम बहादुर बानियाँले पालिकाको प्रशासनिक कामकाज र आर्थिक कारोबार प्रभावित बनेको भन्दै नगर मंगलबार मन्त्रालयमै पुगेर तत्काल व्यवस्थापनका लागि आग्रह समेत गरेका थिए ।

साथै, उनले तत्काल अधिकृत नपठाए मन्त्रालयको गेटमै अनसन बस्ने चेतावनी समेत दिएका थिए । उनको गुनासोको सुनुवाइ गर्दै मन्त्रालयको मंगलबारको निर्णय अनुसार भट्टलाई प्रमुख प्रशासकीय अधिकृतमा कामकाजका लागि खटाएको हो । यता महिनौँसम्म अधिकृत विहीन नगरपालिकाबाट सेवा प्रवाहमा समस्या हुँदै आएको थियो ।

महिनौँसम्म नगरपालिकामा प्रशासकीय अधिकृत नहुँदा योजना स्वीकृति, बजेट निकासा, कर्मचारीको तलब भत्ता, सिफारिस लगायतका अत्यावश्यक सेवा प्रवाहमा समस्या भइरहेको नगरपालिकाले जनाएको छ ।

२०८२ पुसमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत अम्मरराज जोशीको सरुवा गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव भोज बहादुर ऐडीलाई खटाएको थियो । खटाएका ऐडी एक साता नबित्दै नगरपालिकाबाट फिर्ता भएका थिए ।त्यसपछि उनी फर्किनन् ।

करिब पाँच महिनाको अवधिसम्म पालिकामा प्रशासकीय अधिकृत नहुँदा हरेक कामकाजमा समस्या भइरहेको नगर प्रमुख राम बहादुर बानियाँले बताए । मन्त्रालयले निर्णय गरेर प्रमुख प्रशासकीय अधिकृत खटाएपछि अब पालिकाको प्रशासनिक कामकाजका साथै अन्य दैनिक कामकाजमा समेत सहज पुग्ने अपेक्षा लगिएको जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस