• २०८३ बैशाख २८ गते सोमवार

पोखरा महानगरका ११ वटाको भूमि वर्गीकरण सम्पन्न

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २६ , पोखरा । पोखरा महानगरपालिकाको वडा नम्बर १ देखि १० र वडा नम्बर १२ वार्ड को भूमि वर्गीकरण सम्पन्न भएको छ ।

पहिलो चरणमा पोखरा महानगरपालिका भू–उपयोग परिषद्ले वडा नम्बर १ देखि १० र वडा नम्बर १२ वार्ड को भूमि वर्गीकरण सम्पन्न गरी नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा कित्ता सहितको विवरण मालपोत कार्यालय कास्की र नापी कार्यालय कास्कीलाई हस्तान्तरण गरेको हो ।

पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले उक्त विवरण मालपोत कार्यालय कास्की र नापी कार्यालय कास्कीलाई हस्तान्तरण गरेका हुन् । दोस्रो चरणमा बाँकी वडाहरूको काम अगाडी बढेको नगरप्रमुख धनराज आचार्यले बताएका छन् । बाँकी काम समेत छिट्टै सकेर भू-उपयोग र वर्गीकरण बारेको अन्यौलतालाई स्पष्ट पारिने उनले बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस