• २०८३ बैशाख ७ गते सोमवार

सिन्धुपाल्चोकका बाढी प्रभावितलाई आजदेखि कोरोनाविरुद्धको खोप

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौे, १० काठमाडौं ।  हेलम्बु–मेलम्ची बाढी प्रभावित १८ वर्षमाथिका २० हजारका लागि कोरोनाविरुद्धको खोप उपलब्ध गरिएको छ।

आजदेखि सर्वसाधारणले लगाउन मिल्ने गरी खोप केन्द्रमा पठाइसकिएको वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले जानकारी दिए।

सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपोखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागाईँले बताए।

बाढी प्रभावितलाई दुई मात्रा लगाउनुपर्ने अस्ट्राजेनिका खोप लगाउन लागिएको हो। खोप नपुगेमा सम्पर्क गर्न पालिकालाई आग्रह गरिएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस