• २०८३ जेष्ठ १८ गते सोमवार

आफ्नै बुबाको हत्या गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २४ , काठमाडौं । आफ्नै बुबा ७८ वर्षीय आमकी लामाको हत्या गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१५ किमडोल बस्ने गोरखा चुमनुब्री गाउँपालिका-६ घर भएका ३६ वर्षीय रोशन गुरूङ भन्ने पेम्बा लामालाई प्रहरीले पक्राउ गरेको छ ।

पेम्बाले कुटपिट गर्दा आमकी गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । कुटपिटबाट गम्भीर घाइते भएका आमकीको मनमोहन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस