• २०८३ बैशाख २६ गते शनिवार

सुन तोलाको ४३ सयले घट्यो, चाँदीमा पनि गिरावट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २६, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको ४३ सयले घटेर तोलाको २ लाख ९४ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ९९ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५० रुपैयाँले घटेर ४८७५ मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ५०२५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस