साउन २६, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकारले अर्थतन्त्रको संरचनामा परिवर्तन गर्न नसकेको बताएका छन् । आज प्रतिनिधिसभामा आर्थिक श्वेतपत्र प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७३/७४ को कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग एवम् सेवा क्षेत्रको योगदान क्रमशः २६.८ प्रतिशत, १४.६ प्रतिशत र ५८.६ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा यी क्षेत्रहरुको योगदान क्रमशः २५.८ प्रतिशत, १३.१ प्रतिशत र ६१.१ प्रतिशत रहने अनुमान भएको उल्लेख गरे ।श्वेतपत्रको पूर्णपाठ: [pdf-embedder url=”https://khabar24nepal.com/wp-content/uploads/2021/08/आर्थिक-जानकारी-पत्र-MInister.pdf” title=”आर्थिक जानकारी पत्र – MInister”]