• २०८३ बैशाख २६ गते शनिवार

मुग्लिन-नारायणगढको जलविरे नजिक सुख्खा पहिरो, सडक एकतर्फी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २० , चितवन ।  मुग्लिन नारायणगढ सडक खण्डको जलविरे नजिकै नारायणगढतर्फ सुख्खा पहिरो खसेपछि सडक एकतर्फी भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो खस्दा सवारी आवागमन एकतर्फी भएको र पहिरो पन्छाउन मेशिन सम्बन्धित स्थानतर्फ पुग्दै गरेको कार्यालयले जानकारी दिएको छ । डिभिजनले पहिरो पन्छाई सवारी आवागमन दुवैतर्फ सुचारू हुन करिब १-२ घण्टा लाग्ने अनुमान गरिएको जनाएको छ ।

डिभिजनले यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले लेन अनुशासनमा रहि सुरक्षित यात्रा गर्न सबैलाई अनुरोध गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस