• २०८२ असार २४ गते मङ्गलवार

बिहीबार राति १२ बजेदेखि स्थिर समय (भिडीयोसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ३०, काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने संघीय चुनावको स्थिर समय मंसिर १ गते राति १२ बजेदेखि सुरु हुने बताएको छ । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीका अनुसार मंसिर १ गते राति १२ बजेबाट स्थिर समय सुरु हुने भएको हो ।

यस समयमा चुनावी प्रचारप्रसार गर्न नपाइने उनले जानकारी दिए । केन्द्रीय आचारसंहिता अनुगमन समिति संयोजकसमेत रहेका भण्डारीले एक भिडियो सन्देशमार्फत् उक्त जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस