• २०८३ बैशाख २९ गते मङ्गलवार

असोज महिनामा मापसे गर्दा भएका दुर्घटनाबाट १६ जनाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २० , काठमाडौं । असोज महिनामा मादकपदार्थ सेवन गर्दा भएका दुर्घटनाबाट १६ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीका अनुसार असोज महिनामा मादकपदार्थ सेवन गरेर कुल २०७ दुर्घटना भएको र त्यसमा १६ जनाको मृत्यु तथा ३५२ जना घाइते भएका छन् ।

जसमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी १०८ दुर्घटना भएका छन् भने ६ जनाको मृत्यु र १९९ घाइते भएका छन् । त्यस्तै मादकपदार्थ सेवन गरेर त्यसपछि गण्डकीमा ६ दुर्घटना भएका छन् र ५ जनाको मृत्यु भएको छ ।

त्यस्तै सुदूरपश्चिममा ५ दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने उपत्यका, कोशी प्रदेश र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस