• २०८३ जेष्ठ ३ गते आइतवार

अनलाइनमा सस्तो सामान देखाइ ठगी गर्ने क्रम बढेको भन्दै प्रहरीद्वारा सतर्क रहन अनुरोध

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक २० , काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले अनलाइनमा सस्तो दरमा सामानहरु देखाइ ठगी गर्ने अपराध बढिरहेको भन्दै सचेत रहन आग्रह गरेको छ । अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानि गर्न लगाउने र पैसा आएको छैन भनी व्हाट्सएप कलमा स्क्रिन सेयर गर्न लगाएर ओ.टी.पी लिइ खाता ह्याक गरी ठगी गर्ने जस्ता अपराध बढिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले एक सूचना मार्फत जानकारी दिएको हो ।

नेपाल प्रहरीले कुनैपनि व्यक्तिलाई आफ्नो स्क्रिन सेयर गर्ने, ओ.टी.पी दिने जस्ता काम नगर्न भन्दै ठगी हुनबाट बच्न अनुरोध गरेको छ । आवश्यक परेमा नेपाल प्रहरी १००, ट्राफिक प्रहरी १०३, जिल्ला प्रहरी परिसर, काठमाडौं ९८५१२८३०१२ र बालबालिका खोजतलास समन्वय केन्द्र १०४ मा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।

May be an image of text that says 'ប្ប្ស្ាជាបកម जिल्ला प्रहरी परिसर, काठमाडौ अनलाइनमा सस्तो दरमा सामानहरू देखाइ अग्रीम रकम भुक्तानि गर्न लगाउने र पैसा आएको दैन भनी WhatsApp कलमा स्क्रन सेयर गर्न लगाएर OTP लिइ खाता ह्याक गरी ढगी गर्ने जस्ता अपराध बढिरहेकोले यस प्रति सावधान रहनुहुन अनुरोध गर्ददौं कुनैपनि व्यक्तिलाई आफ्नो स्क्रन सेयर गर्ने, OTP दिने नगरों, ठगी हुनबाट बचौं| ¥ 日 มุเ नेपाल प्रहरी "Nepal Pollce" Moblle App 900 नेपाल प्रहरीलाई सम्पर्क गर्ण सकिने माध्यमहरू जिल्ला प्रहरी परिसर, काठमाडी टाफिक प्रहरी ೋಿನವ೦9ನ 903 बालबालिका स्ोजतलास समन्वय कैन्द्र 908'

Sharing

प्रतिक्रिया दिनुहोस