माघ २६ गते, रोल्पा / उद्योग वाणिज्य संघको आयोजनमा रोल्पा जिल्लाको सुलिचौरमा जारी दोश्रो रोल्पा महोत्सवको अवसरमा आयोजना गरिएको स्थानिय तह स्तरिय पुरुष तथा महिला भलिबल खेल सम्पन्न भएको छ ।
सो प्रतियोगितामा पुरुष तर्फ प्रथम स्थान सुनिल स्मृति गाउपालीका, द्घितिय स्थान थवाङ गाउपालीका, तिृतिय स्थान गङ्गादेव गाउपालीका र सान्त्वना सुन्छहरी गाउपालिकाको समुहले हासिल गरेका छन् ।
त्यस्तै महिला भलिवल तर्फ प्रथम स्थान थवाङ गाउपालीका , द्घितिय स्थान सुन्छहरी गाउपालिका, तिृतिय स्थान रोल्पा नगरपालीका र सान्त्वना सुनिल स्मृति गाउपालिकाले स्थान हात पारेको छ ।
प्रथम पुरस्कार रु ५१ हजार र मेडल , द्घितियरु ३५ हजार र मेडल , तिृतिय २१ हजार र मेडल साथै सान्त्वनालाई रु ११ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।