• २०८३ बैशाख २३ गते बुधवार

भदौ २४ गते सुन्धारा कारागारबाट भागेका कैदी प्रहरीको हतियारसहित पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १६ , काठमाडौं । भदौ २४ गते सुन्धारा कारागारबाट भागेका काभ्रेका वाङ्सु लामाले प्रहरीको लुटिएका हतियारसहित पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) का अनुसार तामाङले काठमाडौं महानगर-७, लाहुरे टोलस्थित सोलुखुम्बु खाजा घरको बाहिर प्लाष्टिकको कुर्सी माथि रकहेको अवस्थामा ग्यास गनको बट र नालको भाग छुट्टा छुट्टै राखेको अवस्थामा बरामद गरेको थियो ।

त्यसपछि अनुसन्धान गर्दा उनको काठमाडौंको गोकर्णेश्वर-३ स्थित डेराबाट ९ एमएम, ९ एक्स १९, ९ एक्स १९ एमएफएस समेत लेखिएका गोली तीन थान बरामद भएको सीआइबीले जनाएको छ । लामा काठमाडौं जिल्ला अदालतको आदेशानुसार गत सौं ७ गतेदेखि पुर्पक्षको लागि कारागार कार्यालय, सुन्धारा, काठमाडौं रहेकोमा भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कारागारबाट भागी फरार रहेको खुल्न आएको सिआईबीले उल्लेख गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस