• २०८३ बैशाख ७ गते सोमवार

झारमारे दुर्घटना: ६ जना मृतककाे परिचय खुल्याे

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ७, रुकुम पश्‍चिम। रुकुम पश्‍चिम बाँफिकोट गाउँपालिका ७ लिस्ने स्थित भित्री सडकखण्डमा भएकाे दुर्घटनामा मृत्यु भएका मध्ये ६ जनाकाे परिचय खुलेकाे छ ।

मृत्यु हुनेमा रूकुम पश्चिम आठबिसकाेट नगरपालिका २ स्यालाकी ३० बर्सीय कमला ओली, आठबिसकाेट नगरपालिकाकै १६ बर्सीय टेकजंग बुढा, १५ बर्सीया दिलमाया बुढा, १७ बर्सीया मनिका ओली, १८ बर्सीया सर्मिला वि.क., २२ बर्षीया गोपाल ओली रहेकाे प्रहरी निरीक्षक बिष्णुप्रसाद ओलीले जानकारी दिनुभयाे ।

यसअघि ८ जनाकाे मृत्यु भएकाे जानकारी प्राप्त भएपनि प्रहरीले भने ७ जनाकाे मृत्यु भएकाे पुष्टि गरेकाे छ । १ जनाकाे सनाखत भएकाे छैन । १० जना घाइते भएका छन् । उनीहरूकाे परिचय नखुलेको उहाँले बताउनुभयाे । उहाँका अनुसार घाईतेहरुलाई उपचारको लागी जिल्ला अस्पताल सल्ले ल्याइदै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस