• २०८३ जेष्ठ ६ गते बुधवार

७ वर्षीया बालिकामाथि बलात्कार आरोपमा एक जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ९, भक्तपुर। भक्तपुरमा नाबालिक बलात्कार आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दोलखा बैतेश्वर गाउँपालिका–१ घर भइ भक्तपुर दुवाकोट बस्ने ३० वर्षीय रामचन्द्र दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।


ती बालिकालाई दाहालले मादक पदार्थ सेवन गरी बलात्कार गरेको उजुरीको आधारमा प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस