असोज २२, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी–२० अलराउन्डर वरीयता तल झरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा उहाँ पाँचौँ स्थानमा पुगेका हुन्।

यसअघि उहाँ दोस्रो स्थानसम्म रहेको थियो। अन्य नेपाली खेलाडीहरूमध्ये कुशल भुर्तेल २५औँ, रोहित पौडेल ४४औँ, गुल्सन झा ५९औँ, कुशल मल्ल ६७औँ र करण केसी ८६औँ स्थानमा छन्। अलराउन्डर वरीयताको शीर्ष स्थानमा पाकिस्तानका सइम अयुब छन्। जिम्बावेका सिकन्दर राजा दोस्रो र भारतका हार्दिक पान्ड्या तेस्रो स्थानमा छन्।
टी-२० ब्याटिङ वरीयतामा दीपेन्द्र ६४औँ स्थानमा छन् भने रोहित पौडेल ७१औँ, आसिफ शेख ७३औँ र कुशल भुर्तेल ८३औँ स्थानमा छन्। ब्याटिङ वरीयताको शीर्ष स्थानमा भारतका अभिषेक शर्मा छन्। इंग्ल्यान्डका फिल साल्ट दोस्रो र भारतकै तिलक वर्मा तेस्रो स्थानमा छन्।
बलिङ वरीयताको कुरा गर्दा ललित राजवंशी ४८औँ, दीपेन्द्रसिंह ऐरी ७८औँ र सन्दीप लामिछाने ८७औँ स्थानमा परेका छन्। यस सूचीको शीर्ष स्थानमा भारतका वरुण चक्रवर्ती छन्। अफगानिस्तानका राशिद खान दोस्रो र वेस्ट इन्डिजका एकेल होसेन तेस्रो स्थानमा छन्।