असार ११, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले काठमाडौं उपत्यका स्तरीय ’भ्याली फुटसल च्याम्पियनसिप’ को आयोजना गर्ने भएको छ ।
संघ सोमवार काठमाडौंमापत्रकार सम्मेलन गरी २०८० असार १४ गते देखि २३ गतेसम्म च्याम्पियनसिपहुनलागेको जानकारी दिएको हो ।
उक्तप्रतियोगितमा काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला स्थित स्थानीयतहका सबै २२४ वडाहरुका १६ देखि २४ उमेर समुहकायुवाहरुको विभिन्न फुटसल टिमहरुलाई सहभागी गराइने संघका महासचिव सुमन पुरीले जानकारी दिए । उपत्यकाका २१ वटै स्थानीय तहबाट असार १४ गतेदेखि २२ गतेसम्ममापालिकाच्याम्पियनकालागिआआफ्नो पालिकामा वडा स्तरीय खेल खेलाइनेछ । प्रतियोगिताको फाइनल खेल असार २३ गते हुने छ ।
महासचिव पुरीले नेपालमा फुटसल खेलको व्यवसायिक प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने र सरकारलाई समेत खेल, खेलाडीप्रति जवाफदेहीबनाउने उद्देश्यले प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनले भने,‘प्रतियोगिताको मुल उद्देश्य नेपालमा फुटसल खेलको व्यवसायिक प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्नु र यस खेलका माध्यमबाट खेल र खेलाडीप्रति आमनागरिक, संघ, संस्थातथा राजनीतिकदलहरुलाई समेत प्रेरित गर्दै सरकारलाई समेत खेल, खेलाडीप्रति जवाफदेहीबनाउनु हो ।’
भ्याली फुटसल च्याम्पियनसिप प्रतियोगिताको बिजेता टिमलाई २ लाखनगद, उप– बिजेता टिमलाई १ लाख नगद, उत्कृष्ट खेलाडी १ जनालाई १० हजार नगद, उत्कृष्ट गोलरक्षक १० हजार, पालिकाच्याम्पियन १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।
