• २०८३ असार १८ गते बिहिवार

क्रिस्टल प्यालेससँग हार्यो लिभरपुल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १२, काठमाडौं । लिभरपुल इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा क्रिस्टल प्यालेससँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा क्रिस्टल प्यालेसले लिभरपुललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

क्रिस्टल प्यालेसको जितमा इस्माइला सार र एडी एनकेइटिआहले एक एक गोल गरेका थिए । त्यस्तै लिभरपुलका लागि एक गोल फेडेरिको चिएसाले गरेका थिए ।

यो जितपछि क्रिस्टल प्यालेस लिगको दोस्रो स्थानमा उक्लिएको छ । क्रिस्टल प्यालेसको ६ खेलमा १२ अंक भएको छ । त्यस्तै यस सिजनमा पहिलो हार बेहोरेको लिभरपुलको ६ खेमा १५ अंक रहेको छ र लिगको शिर्ष स्थानमा रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस