• २०८३ बैशाख १४ गते सोमवार

एमाले जस्तो प्रतिपक्ष र ओली जस्तो विपक्षी नेता हुनु हाम्रो दुर्भाग्य : नेकपा एस अध्यक्ष नेपाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २८, काठमाडौं । नेकपा एकीकृत समाजवादका अध्यक्ष माधवकुमार नेपालले एमाले जस्तो गैरजिम्मेवार प्रतिपक्ष हुनु दुर्भाग्यपूर्ण भनेका छन् । सभामुख अग्नि सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा नेपालले आफूहरु र सभामुखप्रति लक्षित एमालेका अभिव्यक्ति र संसदमा भएका नाराबाजी आपत्तिजनक रहेको बताए ।

नेपालले भने, ‘प्रमुख प्रतिपक्षले संसदमा प्रयोग गरेका शब्दहरुले सभ्यताको सीमा नाघेका छन् । प्रमुख प्रतिपक्षका नेता केपी ओलीसँग अरुको मानमर्दन गर्ने बाहेक कुनै संस्कार नै छैन ।

यस्तो प्रतिपक्ष हुन हाम्रो लागि दुर्भाग्य हो ।’ ओलीले संसद नै नचाहेको भन्दै नेपालले संसद पनि चलाउने र संवाद पनि जारी राख्ने ढंगले जान सभामुखलाई सुझाव दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस