• २०८३ जेष्ठ ३१ गते आइतवार

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केही समय अगाडि बैठक सुरु भएको हो ।

बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष प्रचण्डले पदाधिकारी बैठकमा पेस गरेको केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव, महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस