• २०८३ बैशाख १८ गते शुक्रवार

बाजुरामा चरेश सहित एक जना युवक पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, बाजुरा । बाजुरामा चरेश सहित एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बुढीनन्दा नगरपालिका–१० बस्ने २८ वर्षीया वीरेन्द्र थापा रहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए ।

उनका अनुसार,युवक झण्डै साढे एक किलो चरेश सहित पक्राउ परेका हुन्। बडीमालिका नगरपालिका बाउली नजिकै उनलाई बुधबार पक्राउ गरिएको हो ।

सुराकीका आधारमा प्रहरीको टोलीले थापालाई पक्राउ गरेको हो । उनलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस