• २०८३ बैशाख १८ गते शुक्रवार

गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौं । नकेपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा मृत भेटिएका व्यक्तिको पहिचान भएको छ । प्रहरीका अनुसार जलेको अवस्थामा मृत भेटिका व्यक्ति ललितपुरकै सुनाकोठीका २५ वर्षीय सुरज खत्री रहेको खुलेको छ ।

जलेको अवस्थामा भेटिएका उनको शव अहिले पोष्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ । दाहालको घरमा मंगलबारको जेनजी आन्दोलनको क्रममा आगजनी भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस