• २०८३ बैशाख २९ गते मङ्गलवार

भक्तपुरमा अनिश्चितकालीन कर्फ्यू

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले भक्तपुरका ४ नगरपालिकाभित्र आवात जावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा,बैठक र घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरेका हुन् ।

मंगलबार बिहान साढे ८ बजेदेखि अर्को आदेश नभएसम्म भक्तपुरका मध्यपुर थिमि नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका, चाँगुनारायण नगरपालिकामा कर्फ्यु आदेश जारी भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस