भदौ १३, नेपालगञ्ज । मानवता प्रवर्द्धनको अभियानका साथ निरन्तर सामाजिक सेवा गर्दै आएको मानवसेवा आश्रमले यस वर्ष आफ्नो १३ औँ वार्षिकोत्सव भव्य रुपमा मनाएको छ। आज मानवसेवा आश्रमको केन्द्रीय कार्यालय नेपालगञ्जमा एक कार्यक्रमका बीच वार्षिकोत्सव मनाइएको हो ।

यस अवसरमा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणका लागि आफू निरन्तर अग्रसर रहने प्रतिबद्धता जनाएको छ। “आश्रमले सुरु गरेको मानवीय यात्राले अशक्त र सडकमानवलाई नयाँ जीवन दिएको छ ।
आश्रमको अभियानलाई अझ सशक्त बनाउन सामाजिक संघ–संस्था, स्थानीय निकाय र नागरिकको सहकार्य अत्यावश्यक रहेको रिता खनालले बताइन। वार्षिकोत्सवमा आश्रमका कार्यकर्ता, सहयोगी तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो । सहयोगापेक्षी सडक आश्रित मानव मुक्त राष्ट्र नेपाल निर्माण हाम्रो अभियान भन्ने मानव सेवा आश्रमको नारा रहेको छ ।