• २०८३ बैशाख ७ गते सोमवार

अल नासर साउदी सुपर कपको फाइनलमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३,काठमाडौं । अल नासर साउदी सुपर कपको फाइनलमा पुगेको छ । मंगलबार हङकङमा सम्पन्न सेमिफाइनल खेलमा अल इत्तिहादलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

अल नासरको जितमा जोआओ फेलिक्स र साडियो मानेले एक एक गोल गरेका थिए । त्यस्तै अल इत्तिहादका लागि स्टेभेन बेर्गविन्ज्नले एक गोल गरेका थिए ।

यस खेलमा खेलको २५औं मिनेटमा साडियो मानेले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सिमित भएको थियो ।

अब अल नासर फाइनलमा दोस्रो सेमिफाइनलको अल अहली र अल क्वादसिआहबीचको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल बुधबार हुने छ भने फाइनल खेल शनिबार हुने छ ।

Sharing

प्रतिक्रिया दिनुहोस