• २०८३ मङ्सिर १३ गते शनिवार

पर्वतारोहण संघको अध्यक्षमा फुरगेल्जे शेर्पाको प्यानल घोषणा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए)को निर्वाचन लागि फुर गेल्जे शेर्पा समुहले पूर्ण टिमसहित उम्मेदवारी घोषणा गरेको छ ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–३ मा जन्मिएका शेर्पा उम्मेदवार बाल्यकालदेखि नै ट्रेकिङ र आरोहण क्षेत्रमा सक्रिय छन् । उनले पढाइ र कामलाई सँगै अगाडि बढाउँदै आफ्नै कम्पनी स्थापना गरेर व्यावसायिक यात्रा सुरु गरेका थिए ।

उनले ६ हजार मिटरभन्दा माथिको हिमाल आरोहण गरिसकेका छन् । चार दशकअघि पर्याप्त सामग्री र सुरक्षाको अभावमा सगरमाथा आरोहण गर्ने सपना भने पारिवारिक कारणले पूरा गर्न सकेनन् । यद्यपि, उनले हिमाल आरोहण क्षेत्रलाई कहिल्यै छाडेनन् ।

आरोहीहरूसँग निरन्तर संवादमा रहेर हिमाली क्षेत्रका समस्या पहिचान गर्ने र समाधानका लागि सरकारी निकायसँग पहल गर्ने काममा उनी निरन्तर लागिरहे ।

उनले सन् १९९९ देखि २००२ सम्म पर्वतारोहण संघको कार्यसमिति सदस्य र पछि विदेश विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस