• २०८३ बैशाख १३ गते आइतवार

करेन्ट लागेर गैँडाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, चितवन । माडी नगरपालिका–२ भैरवपुरमा करेन्ट लागेर करिब २० वर्षको एउटा भाले गैँडा मरेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार आज बिहान ९ः३० बजे गैँडा धानबारीमा करेन्ट लागेर मरेको अवस्थामा भेटिएको हो ।

गैँडाको खाग, खुर सुरक्षित रहेको उहाँले जनाउँदै उहाँले कसले कुन प्रयोजनका लागि धानबारीमा विद्युतीय करेन्ट छोडेको हो भन्ने विषयमा अनुसन्धान सुरु गरिएको बताउनुभयो ।

Sharing

प्रतिक्रिया दिनुहोस