• २०८३ भाद्र २३ गते मङ्गलवार

पृथ्वीराजमार्गको ऐनापहरामा बस दुर्घटना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १८, तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा बस दुर्घटना भएको छ । गोरखाबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १०७७ नं को बस आज दिउँसो सडकबाट तल खसेर दुर्घटना भएको हो ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले दुर्घटनामा घाइते पाँच जनाको उद्धार गरी उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको बताउनुभयो ।

मस्र्याङ्दी नदीको माथिल्लो भागमा बस अड्किएको छ । बस तान्नका लागि क्रेन मगाइएको र दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस