• २०८३ असार १३ गते शनिवार

कैलालीमा नदीमा डुबेर दाजुभाईको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २ , कैलाली। कैलालीको गौरीगंगामा नदीमा डुबेर सहोदर दाजुभाईको मृत्यु भएको छ । गौरीगंगा नगरपालिका–११ ऐठाका लालु धामीका २५ वर्षीय छोरा उमेश धामी र २० वर्षीय प्रकाश धामीको लिक्मा नदीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ ।

नदीमा डुबेको अवस्थामा प्रहरीले बिहीबार दिउँसो ३ बजेको समयमा उद्धार गरी सेती प्रादेशिक अस्पताल पु¥याएको थियो । चिकित्सकले दुवैलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस