असार ३२, काठमाडौं । पुंजी बजारको ब्लुचिप कम्पनी बुटवल पावर कम्पनिको शेयर मुल्य नेप्सेमा लगातार बढ्दो छ, कम्पनी केहि महिना अगाडी कम्पनीको पूर्ण लगानी रहेको न्याग्दी ग्रुप पावर कम्पनीको केहि प्रतिशत शेयर दोस्रो बजारमा बिक्रि गर्ने सूचना प्रकाशित गरे पश्चात कम्पनीको आम्दानी बढ्ने अपेक्षा सहित नेप्सेमा कम्पनीको मुल्य लगातार बढिरहेको छ, यस्तैमा कम्पनिको शेयर मुल्यमा चलखेल गर्न विभिन्न समुहहरुले अनलाइन मिडिया प्रयोग गरि अनेकौ समाचार प्रकाशित गरिरहेका छन् |

नेप्सेमा ३१ असार २०८२ को कारोवार समयमा चलखेल गर्ने एक समुहले नर्वेजियन कम्पनीले बुटवल पावरको सेयर कारोबार मूल्यमा बिक्री गर्ने भन्दै समाचार प्रकाशित गरे पश्चात करिव ७ % सम्म बढेको मुल्यमा केहि गिरावट आएर बन्द भएको छ, केहि समय अगाडी समेत केहि समुहले कम्पनीको बारेमा भ्रामक समाचार लगातार प्रकाशित गर्दा लगानीकर्ताहरुले नोक्सान व्यहोर्न परेको थियो |
यता कम्पनी संग उक्त प्रकाशित भ्रामक समाचारको सत्यता बारे हामीले राखेको जिज्ञासामा हाल उक्त बिषय वारे जानकारी नभएको प्रतिक्रिया पायौ | हाल नेपालमा बैदेशिक लगानी रहेका पुंजी बजारमा सुचिकृत कुनै पनि कम्पनीको शेयर बिक्रि गर्नुपरेमा उक्त बैदेशिक कम्पनीले सम्बन्धित संस्थाको संचालक समितिलाइ जानकारी गराई कम्पनी रजिस्ट्रारको कार्यालय देखि धितोपत्र बोर्ड सम्म स्वीकृति लिनुपर्ने हुन्छ |
यता हरेक बर्ष नियमित प्रतिफल दिदै आइरहेको तथा विभिन्न देशवाट बैदेशिक लगानी जुटाउदै १००० मेगावाट भन्दै धेरै बिधुत उत्पादन गर्ने लक्ष्य राख्दै कार्य गर्दै आइरहेको बुटवल पावर कम्पनी नेपाली पुंजी बजारमा समेत व्यक्तिगत तथा संस्थागत लगानीकर्ताको पहिलो रोजाईमा पर्दै आइरहेको संस्था हो |