• २०८३ बैशाख ३१ गते बिहिवार

एमसीसीकै कारण पार्टी फुट्दैनः झाँक्री

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ८, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले एमसीसी सदनमा पेश भएकै कारण आफ्नो पार्टी नफुट्ने दाबी गरेकी छन् । आइतबार प्रतिनिधिसभामा एमसीसी पेश गर्ने गठबन्धनमा भएको सहमतिप्रति आपत्ति जनाउँदै पार्टीका सम्मानित नेता झलनाथ खनाल विरोधमा उत्रिएका छन् ।

उनको विरोधका कारण पार्टी नै फुट्न सक्ने अडकल हुन थालेपछि झाँक्रीले यस्तो नहुने दाबी गरेकी हुन् । एमसीसी सदनमा पेश भएकै कारण पार्टी फुट्छ जस्तो आफूलाई नलागेको उनको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस