• २०८३ असार ११ गते बिहिवार

तरुण दल जुम्लाले श्रावणको ९ गते जिल्ला अधिवेशन गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २२, काठमाडौं । नेपाल तरुण दलले श्रावण ९ गते जुम्लाको खलंगामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको जुम्लामा बसेको तरुण दललको बैठकले श्रावण ९ गते जुम्लाको खलंगामा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले उक्त निर्णय अनुमोदनका लागी नेपाल तरुण दल केन्द्रिय कार्यालय पठाउने निर्णय सर्वसहमती सम्पन्न गरेको छ ।

यो संगै जुम्लामा नेपाल तरुण दल जुम्ला जिल्ला अधिवेशनको तीब्र तयारीमा अगाडि बढेको जानकारी गराइएको छ । बैठकले अधिवेशन भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पुर्णको एक्यवद्धता र सहयोगकोलागि अपिल गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस