• २०८३ असार ७ गते आइतवार

दोलखाको गौरीशंकरमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु तिन जना बेपत्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १९, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ सल्लेमा पहिरोले घर बगाउँदा एक जनाको मृत्यु भएकाे छ भने तिन जना बेपत्ता भएका छन । गए राति घर माथिबाट आएको पहिरोले पुर्दा अन्य तीन जनाको घाइते भएका छन् ।

पहिरोमा पुरिएर बेपत्ता हुने दुई घरका मानिस रहेका गौरीशंकर गाउँपालिका–८ का वडाध्यक्ष दावारिञ्जि शेर्पाले जानकारी दिए । गौरीशंकर गाउँपालिका– ७ र ८ को सिमानामा गएको पहिरोमा पुरिएर बेपत्ता भएका मध्ये वडा नं ७ का तीन वर्र्षीय प्रिन्स थामीको शव फेला परेको वडा न ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए । पहिरोमा पुरिएका सोही स्थानका कृष्ण मगर, उनीकी श्रीमती देव मगर र हरिलाल श्रेष्ठ भने बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ । घाइते तीन जनाको उद्धार गरिएको छ ।

बिहीबार राती वर्षाको कारण वडा नं ७ बाट आएको पहिरो वडा नंं ७ को बस्तीमा पसेर सो क्षति गराएको दोलखाका सूचना अधिकारी औलाख बहादुर आलले जानकारी दिए । पहिरोले सात घर पूर्ण रूपमा क्षति भएका छन् भने वडा नं ७ र ८ का २० घर बढी पहिरोको उच्च जोखिममा छन् । पहिरोले घट्टेखोलाको झोलुङ्गे पुलमा समेत बाढीले क्षति पु¥याएको छ । सुरक्षाकर्र्मी अहिलेसम्म सो स्थानमा पुग्न नसकेका छैनन् ।

Sharing

प्रतिक्रिया दिनुहोस