आश्विन ३ अछाम, बिहीबार राति कमलबजार नगरपालिकाको कार्यालयमा प्रेसर कुकर बम विष्फोट भएको छ ।
नगरपालिका कार्यालयको ढोकामा विष्फोट भएको र विष्फोटबाट ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।प्रहरीले विष्फोट कसले गरायो भन्नेबारे जानकारी नभयको र विष्फोट गराउने समूहको खोजीकार्य भईरहेको जनाएको छ ।