• २०८३ जेष्ठ ४ गते सोमवार

भीरबाट लडेर महिलाको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १४, बैतडी। बैतडीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका–२ खोल्टेकी ५० वर्षीय तारादेवी धामीको भीरबाट लडेर मृत्यु भएको हो । शुक्रबार बिहान ८ बजेतिर घर नजिकैको ताछे भीरमा घाँस काट्न गएकी धामीको लडेर मृत्यु भएको हो ।

घाँस काट्न गएकी धामी दिउँसोसम्म घर नफर्केपछि खोजी गर्दा भीरबाट एक सयमिटर तल धामीको शव फेला परेको थियो । धामीका श्रीमान, एक छोरा र एक छोरी छिन् ।

Sharing

प्रतिक्रिया दिनुहोस