असोज १, कास्की । पोखरामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।
पोखरा महानगरपालिका–२९ भण्डार ढिक गुम्बा बस्ने बल बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा ४२ वर्षीय सूर्य गुरुङ समेत १० जना पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट ५६ हजार ९ सय ६० रुपैयाँ र ४ बुक तास बरामद भएको प्रहरीले जनाएको छ ।