भदौ ८, एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनले ‘कौन बनेगा करोडपति’ (केबीसी) को आगामी सिजनका लागि छायांकनमा फर्किएका छन् ।आइतबार उनले सेटमा काम गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै यसबारे जानकारी दिएका छन् ।नीलो रंगको पीपीई लगाएको फोटो सेयर गर्दै अमिताभले लेखेका छन्, “नीलो पीपीई लगाएर काममा फर्किएको छु, केबीसी १२ आजबाट सुरु भएको छ, सन् २००० देखि आज २०२०, केबीसीको यात्रा २० वर्ष भइसकेको छ ।”

उनी सन् २००० देखि केबीसीसँग जोडिएका हुन् ।