• २०८३ जेष्ठ २६ गते मङ्गलवार

सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १०, काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्ता साझेदार राजानीतिक दलहरुको शीर्ष नेताहरुको बैठक जारी रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष अशोककुमार राईलगायत सहभागी हुनुहुन्छ ।

प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको र सरकार सञ्चालनका विविध सन्दर्भमा बैठक भइरहेको जनाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस